गगन थापा नेपाली कांग्रेस पार्टीको सभापतिमा निर्वाचित

काठमाडौं, २३ असोज | नेपाली कांग्रेस पार्टीको सभापतिमा गगन कुमार थापा निर्वाचित भएका छन् ।
Advertisement 1
१५ औं महाधिवेशन अन्तर्गत शुक्रबार मतदान भएको थियो । लगत्तै राति अबेरबाट काठमाडौंको राष्ट्रिय सभा गृहमा भएको मतगणना भर्खरैमात्रै सकिएको महाधिवेशनको मिडिया सेन्टरका सदस्य महेश गौतमले जानकारी दिए ।
थापा ९३.८८ अर्थात् करिब ९४ प्रतिशत मत प्राप्त गरी सभापतिमा बिजय भएका छन् । सभापति पदका अर्का प्रत्याशी श्यामकृष्ण खड्गीले भने ३ सय ७५ मत प्राप्त गरेका छन् । निर्वाचन समितिले सार्वजनिक गरेको मतपरिणामअनुसार थापा र खड्गीबीचको प्रतिस्पर्धामा थापाले भारी मतान्तरसहित जित हासिल गरेका हुन् ।
Advertisement 2
कांग्रेसको १५औँ महाधिवेशनमा कुल ७ हजार ३१७ जना महाधिवेशन प्रतिनिधि रहेका थिए । तीमध्ये ७ हजार ३९ जनाले मतदान प्रक्रियामा सहभागिता जनाएका थिए । खसेको मतमध्ये ५४ मत बदर भएको निर्वाचन समितिले जनाएको छ । निर्वाचन परिणामसँगै थापा नेपाली कांग्रेसको सभापति पदमा निर्वाचित भएका छन् ।
थापा गएको फागुनमा भएको नेपाली कांग्रेसको दोस्रो बिशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका थिए । सभापति बाहेकका मतपेटिका भने पार्टी कार्यालय सानेपा लगिएको छ ।
Advertisement 3


