डी सिने अवार्डको १७ औं संस्करण सम्पन्न, पत्रकार पौडेल पनि सम्मानित

१७ औं डि सिने अर्वाडमा सम्मानित कलाकार तथा जुरी सदस्यहरु चलचित्र विकास वोर्डभित्र सामुहिक तस्वीर चिखाउँदै ।

शुक्रबार, जेष्ठ २६, काठमाडौं — छाँयाछवी क्रियशनको आयोजनामा निरन्तर आयोजना हुदै आइरहेको डी सिने अवार्डको १७ औं संस्करण गत विहिबार सम्पन्न भएको छ । कार्यक्रममा पत्रकार नुमा कान्त पौडेल पनि सेलेक्सन कमिटिका जुरीका तर्फबाट सम्मानित भएका छन् ।

Advertisement 1

चलचित्र विकास बोर्डको प्रेक्षालयमा आयोजित समारोहले चलचित्रत्र एवं चलचित्रकर्मीहरुलाई प्रोत्साहित गरेको छ । नेपाली चलचित्र उद्योगलाई प्रोत्साहन, प्रवद्र्धन एवं सम्वद्र्धन गर्न आयोजना गरिएको यस किसिमको अवार्डले सम्पूर्ण चलचित्र, चलचित्र उद्योग, चलचित्रकर्मीलाई प्रोत्साहित गरिरहेको विश्लेशण चलचित्रकर्मीहरुले गरेका छन् ।

१७ औं सस्करणको डी सिने अवार्डमा चलचित्रकर्मी रजत सम्मान पनि प्रदान गरियो । यस संस्करणमा निर्देशक ज्ञानेन्द्र देउजा र अभिनेत्री निरुता सिंह सम्मानित भए । यस्तै रेखा फिल्म्स छाँयाछवी चलचित्र पत्रकारिता पुरस्कारबाट रंग पत्रकार सचित खड्का पुरस्कृत भए ।

Advertisement 2

कार्यक्रममा सेलेक्सन कमिटि जुरीलाई पनि सम्मान प्रदान गरिएको थियो । सेलेक्सन कमिटिका जुरीका रुपमा पत्रकार नुमा कान्त पौडैलका साथै निर्देशक अमर वली एवं संयोजकका रुपमा निर्देशक कमल एक्चै मगर पनि सम्मानित भए ।

कार्यक्रममा विभिन्न कलाकर्मीहरुलाई पनि सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा कलाकर्मी हाँस्य कलाकार गोपाल ढकाल छन्दे अभिनेत्री तेजुला खतिवडा, कलाकार गीता नेपाल , गायिका मिना नेपाली सम्मानित भइन भने कार्यक्रममा व्यवसायी एवं समाजसेवी विश्वराम माकजु सम्मानित भए ।

Advertisement 3

अवार्ड समारोहमा बोल्दै प्रमुख अतिथिका रुपमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले अवार्डको औचित्य एवं यसले पार्ने प्रभावको बारेमा प्रष्ट पारे । सोही अवसरमा कार्यक्रमका अध्यक्ष शान्तिप्रियले १७ औं संस्करण सम्म आइपुग्दा डी सिने अवार्डको आरोह अवरोहको बारेमा प्रकाश पारे । अवार्ड समारोहमा चलचित्र क्षेत्रका विभिन्न संघ संस्थाका अध्यक्ष एवं पदाधिकारीहरु उपस्थित थिए भने चलचित्रकर्मी एवं चलचित्र पत्रकारहरुको पनि उल्लेख्य उपस्थिति थियो ।

कार्यक्रममा मोडेल कलाकार अस्मिता पुरीले नृत्य प्रस्तुत गरिन भने कार्यक्रमको उद्घोषण निराजन भण्डारीले गरेका थिए ।

२०८१ मा रिलिज भएका चलचित्रहरुमा आधारित १७ औं संस्करणको डी सिने अवार्डमा उत्कृष्ट अभिनेता र अभिनेत्रीको अवार्ड क्रमश पुर्ण बहादुरको सारङ्गीका लागि विजय बराल एवं बेहुली फ्रम मेघौलीका लागि स्वस्तिमा खड्काले पाउन सफल भइन भने सोही अवसरमा उत्कृष्ट चलचित्र अञ्जिला बन्न सफल भयो । निर्देशकका रुपमा अञ्जिलाबाटै मिलन चाम्स पुरस्कृत भए ।

प्रकाशित :२०८३ जेष्ठ २६, मंगलवार १३:०९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]