भोटेकोशीमा आएको भीषण बाढीपछि प्रधानमन्त्री शाहले बोलाए उच्चस्तरीय बैठक

भाद्र १०, काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले आकास्मिक रुपमा उच्च स्तरीय बैठक बोलाएका छन् । रसुवामा आएको भीषण बाढीपछि उद्धार तथा राहत कार्यका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी परिचालन गरिएको जानकारी दिदै थप छलफलका लागि उच्च स्तरीय बैठक बोलाएका हुन् ।

Advertisement 1

उनले अन्य जिल्लाहरूबाट पनि अतिरिक्त जनशक्ति प्रभावित क्षेत्र तर्फ परिचालन भैसकेको पनि बताएका छन् ।

केहीबेरअघि सामाजिक सञ्जालमा उनले लेखेका छन् ‘विपद् व्यवस्थापन प्राधिकरण सक्रिय छ, मेडिकल टिम, स्काउट, रेडक्रस सबै सँग समन्वय हुँदै आवश्यक कदम चाल्न भनिएको छ । अतिरिक्त एम्बुलेन्स र मेडिकल जनशक्ति पनि प्रभावित एरियामा पठाउने प्रक्रिया अघि बढिसकेको छ।’

Advertisement 2

 

प्रकाशित :२०८३ भाद्र १०, बुधबार ११:४७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]