पृथ्वी राजमार्ग तीन दिनदेखि बन्द, सडकको लेदो हटाउन अझै बाँकी

Photo Credit: Bhuwan Shrestha

भदौ १२, काठमाडौं । १० गतेको बाढिका कारण काठमाडौं-मुग्लिन-नारायणगढ सडक खण्ड अन्तर्गत पृथ्वी राजमार्ग अझै अवरुद्ध छ ।

Advertisement 1

रसुवाको भोटेकोशी र त्रिशुलीनदीमा आएको विनाशकारी बाढीले पृथ्वी राजमार्गलाई पनि असर गरेको थियो । जसमा धादिङको गल्छी गाउँपालिका र गजुरी गाउँपालिकाका विभिन्न खण्डमा राजमार्गनै लेदोले पुरिएपछि बुधबार साँझदेखि सडक अवरुद्ध छ ।

ट्राफिक प्रहरी उपरीक्षक डिल्ली नारायण पाण्डेयका अनुसार पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरीको दुई स्थानमा र गल्छी गाउँपालिकाको एक ठाउँमा बाढीले थुपारेको लेदो पन्छाउन बाँकी छ । उनका अनुसार गजुरी गाउँपालिका-५ को गलौदी र बाहुनी भिरमा लेदोका कारण राजमार्ग अवरुद्ध रहेको छ । त्यसैगरी गल्छी गाउँपालिकाको महेश दोभान भन्ने स्थानमा पनि लेदो पन्छाउन बाँकी रहेको उनले बताए ।

Advertisement 2

लेदो थुप्रिएको ठाउँमा उपकरणहरू प्रयोग गरी सडकको लेदो हटाउन काम भइरहेको उनले बताए । सडकमा लेदो थुप्रिएको ठाउँमा बस्तीहरू छन् । जसले गर्दा सडकमा जमेका लेदो उठाएर अन्यत्रै लगेर फाल्नु पर्ने भएका कारण लेटो पन्छाउन ढिला भएको हो ।

उनका अनुसार गजुरी गाउँपालिका-५ अन्तर्गत बाहुनी भिरमा बाढीले थुपारेको लेदो हटाउन अहिलेसम्म उपकरण पुग्न सकेको छैन । यो ठाउँमा लेदो पन्छाउनका लागि पहिला गलौदी र महेश दोभान क्षेत्रको लेदो हटाउनुपर्ने उनले बताए । उनका अनुसार आज दिनभरिमा सडक खुलाउने गरी काम तीव्र गतिमा भइरहेको छ ।

प्रकाशित :२०८३ भाद्र १२, शुक्रबार ०७:५३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]