तीन बर्षपछि खुल्यो जग्गाको कित्ताकाट

Government of Nepal Ministry of Land Management,Cooperatives and Poverty Alleviation

काठमाडौं । भदौ २२—नेपाल सरकारले जग्गाको कित्ताकाट खुल्ला गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले मन्त्रीस्तरीय निर्णय गर्दै शुक्रबारदेखि जग्गा कित्ताकाटमा लागेको प्रतिबन्ध हटाउएकी हुन् ।

Advertisement 1

२०७४ सालमा तत्कालिन भूमि व्यवस्था मन्त्री गोपाल दहितले देशभरी कृषियोग्य भूमि खण्डीकरण हुन नदिन भन्दै जग्गा कित्ताकाट रोक्ने निर्णय गरेका थिए

२०७४ सालमा तत्कालिन भूमि व्यवस्था मन्त्री गोपाल दहितले देशभरी कृषियोग्य भूमि खण्डीकरण हुन नदिन भन्दै जग्गा कित्ताकाट रोक्ने निर्णय गरेका थिए । दहितले बन्द गराएको कित्ताकाट मन्त्री अर्यालले फुकुवा गरेकी हुन् । ‘जग्गाको खण्डिकरण सम्बन्धी विषय पेश हुँदा कृषियोग्य जग्गाको खण्डीकरण सम्बन्धी भएका पूर्ण निर्णयहरू बदर गरिएको मन्त्रालयको निर्णयमा भनिएको छ ।

Advertisement 2

मन्त्री अर्यालको निर्णयलगत्तै मन्त्रालयले भूमी व्यवस्था तथा अभिलेख विभाग र नापी विभागलगायतमा यो निर्णय परिपत्र गरिसकेको छ । देशभर परेको समस्या र सुझावका आधारमा मन्त्री अर्यालले कित्ताकाट खुल्ला गर्ने निर्णय लिएकी हुन्।

प्रकाशित :२०७७ भाद्र २२, सोमबार १६:१४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]