काठडमौं, १५ जेष्ठ— नेपाल सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट घोषणा आज गरेको छ। कुल विनियोजनमध्ये संघले खर्च गर्ने चालुतर्फ ६ रु खर्ब ७८ अर्ब ६१ करोड विनियोजन भएको छ भने पुँजीगततर्फ ३ खर्ब ४७ अर्ब २६ करोड रहेको छ।
यस्तै वित्तीय व्यवस्थातर्फ रु २ खर्ब ७ अर्ब ९७ करोड विनियोजन गरिएको छ । प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ रु ३ खर्ब ८६ अर्ब ७१ करोड विनियोजन गरिएको छ । साथै आगामी वर्षको आर्थिक वृद्धिदर ६।५ प्रतिशत हुने अनुमान सरकारले गरेको छ । कोरोना महामारी नियन्त्रण हुने र आर्थिक गतिविधिमा पुनरुत्थान हुने विश्लेषणका आधारमा यो अनुमान गरिएको अर्थमन्त्रीले बताए ।
त्यसैगरी, आगामी आर्थिक वर्षको मुद्रास्फीति ६।५ प्रतिशतमा सीमित हुने अनुमान गरिएको छ ।
२०७८/०७९ को बजेटको पूर्ण पाठ: