काठमाडौं उपत्यकाभित्र असार ३१ सम्म निषेधाज्ञा, सवारी साधनको जोर-बिजोर प्रणाली हट्यो

©Newsroom Nepal

काठमाडौं, असार २०— काठमाडौं उपत्यकाभित्र चल्ने सार्वजनिक तथा निजी सवारी साधनमा जोर–बिजोर प्रणाली हटाउँदै निषेधाज्ञालाई जारी राखिएको छ।
असार ३१ गतेसम्म निषेधाज्ञा जारी रहेको प्रमुख जिल्ला अधिकारीहरूले बताएका छन् । निषेधाज्ञामा सभा तथा सम्मेलन गर्न पाइने छैन।

Advertisement 1

असार २२ गतेदेखि जोर–बिजोर प्रणाली हटाइएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले सेतोपाटीलाई बताए।

उनकाअनुसार अब अनुमति लिएर काठमाडौं उपत्यकाभित्र प्रवेश गर्न पनि दिइन्छ। तर जिल्ला प्रशासन कार्यालयबाट अनुमति भने लिनुपर्नेछ।

Advertisement 2

सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन भने मास्कलगायत स्वास्थ्यका मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्नेछ।

सफा टेम्पो र निलो माइक्रो पनि सञ्चालन गर्न पाइने भएको छ। यसअघि २५ सिट क्षमताभन्दा बढीका सवारी साधन मात्रै चलाउन दिइएको थियो।

Advertisement 3

माइक्रोको तेस्रो सिटमा चार(चार जनाका दरले ८ जना र चालक छेउमा एक जना गरी ९ जना यात्रुभन्दा धेरै बोक्न पाइने छैन।

विस्तृत जानकारीको लागि जिल्ला प्रशासनको विज्ञप्तिः

प्रकाशित :२०७८ असार २०, आईतवार १८:१६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]