पत्रकार पौडेलको ‘अनलाइन मिडियाले प्रिन्ट मिडियामाथि पारेको प्रभाव’ पुस्तकको बिमोचन

पुस्तक विमोचन कार्यक्रममा सहभागि दायाँबाट क्रमशः नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सन्तोष सुवेदी, महासंघका केन्द्रीय सचिव सविन प्रियासन, लेखक नुमाकान्त पौडेल र गोरक्ष दैनिकका सल्लाहकार सम्पादक तथा लुम्बिनी प्रदेश प्रेस युनियनका अध्यक्ष डा. सुदीप गौतम लगायतका पत्रकार साथीहरु ।
पुस्तक विमोचन कार्यक्रममा सहभागि दायाँबाट क्रमशः नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सन्तोष सुवेदी, महासंघका केन्द्रीय सचिव सविन प्रियासन, लेखक नुमाकान्त पौडेल, गोरक्ष दैनिकका सल्लाहकार सम्पादक तथा लुम्बिनी प्रदेश प्रेस युनियनका अध्यक्ष डा. सुदीप गौतम लगायतका पत्रकार साथीहरु ।

दाङ, ४ असार— २५ वर्षदेखि पत्रकारिता क्षेत्रमा कार्यरत पत्रकार नुमाकान्त पौडेलद्वारा लिखित ‘अनलाइन मिडियाले प्रिन्ट मिडियामाथि पारेको प्रभाव’ नामक पुस्तकको विमोचन गरिएको छ । कोरोना महामारी पछि सञ्चारको क्षेत्रमा छापा माध्यममा अनलाइन मिडियाले पारेको प्रभावबारे अध्ययन तथा अनुसन्धान गरी तयार पारिएको पुस्तक बुधवार दाङ घोराहीमा विमोचन गरिएको हो ।

Advertisement 1

करिब २५ वर्षसम्म कान्तिपुर पब्लिकेसनको न्युजरूममा समाचारकर्मीका रूपमा कार्यरत पौडेलले सञ्चार क्षेत्रको बदलिँदो प्रवृत्ति र चुनौतीलाई केन्द्रमा राखेर पुस्तक तयार पारेका हुन् । पुस्तकको विमोचन गोरक्ष दैनिकका सल्लाहकार सम्पादक तथा नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश अध्यक्ष डा. सुदीप गौतम, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन, नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सन्तोष सुवेदीलगायतले संयुक्त रूपमा गरेका थिए ।

विमोचन कार्यक्रममा बोल्ने वक्ताले परम्परागत सञ्चारमाध्यम, विशेष गरी छापामाध्यम आर्थिक तथा प्रविधिगत सङ्कटबाट गुज्रिरहेका बेला पुस्तकले नेपाली प्रिन्ट मिडियाको वर्तमान अवस्था, चुनौती र सम्भावनाबारे गम्भीर बहस सिर्जना गर्ने विश्वास व्यक्त गरेका थिए । उनीहरूले पुस्तकले सञ्चारमाध्यमका लगानीकर्ता, प्रकाशक, सम्पादक तथा सञ्चारकर्मीको भूमिकाबारे स्पष्ट दृष्टिकोण प्रस्तुत गरेको बताए ।

प्रकाशित :२०८३ असार ४, बिहीबार १३:१९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]