पीएसजी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

एजेन्सी । फ्रान्सेली लिग वान क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्री-क्वाटरफाइनल खेलमा जर्मन क्लब बोरुसिया डर्टमन्डलाई समग्रमा ३-२ गोलले पराजित गर्दै पीएसजी क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

Advertisement 1

पहिलो लेगमा पछि परेको अवस्थामा पीएसजीले दोस्रो लेगमा पुनरागमन जित निकालेको हो । घरेलु मैदानमा भएको खेलमा पीएसजीले पाहुना टोली डर्टमन्डलाई २-० ले स्तब्ध बनायो ।

घरेलु मैदानमा पीएसजीको जितका लागि नेइमार र जुआन बर्नाटले एक एक गोल गरे ।

Advertisement 2

खेलको २८औं मिनेटमा नेइमारले गर्दै गोल गर्दै अग्रता दिलाए । उनले डि मारियाको कर्नर किकमा उत्कृष्ट हेडिङ गर्दै गोल गरेका हुन् । त्यसपछि पहिलो हाफको इन्जुरी समयमा बर्नाटले गोल गर्दै अग्रतादोब्बर पारे । उनले पाब्लो सराबियाको पासमा गोल गरेका हुन् ।

दोस्रो हाफमा दुवै टोलिबाट थप गोल नभएपछि खेल पीएसजीले २-० ले जितेको हो । डर्टमन्डको घरेलु मैदनमा भएको पहिलो लेगमा पीएसजी २-१ गोलले पछि परेको थियो ।

प्रकाशित :२०७६ फाल्गुन २९, बिहीबार ०८:०४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]