रास्वपा सभापतिमा उम्मेदवारी दिन ५१ हजार र ५१ जना समर्थक चाहिने

६ असार, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनका लागि चुनावी प्रक्रिया र शुल्क तोकेको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले शनिबार एक सूचना जारी गर्दै उम्मेदवारी दर्ताका लागि आवश्यक नियमहरू सार्वजनिक गरेको हो ।

Advertisement 1

आयोगले सार्वजनिक गरेको विवरणअनुसार सभापति पदका लागि ५१ हजार, पदाधिकारीका लागि ४१ हजार र केन्द्रीय सदस्यका लागि २१ हजार रुपैयाँ उम्मेदवारी शुल्क तोकिएको छ । सभापतिका लागि १ प्रस्तावक र ५१ समर्थक, तथा अन्य पदका लागि १ प्रस्तावक र २१ समर्थक अनिवार्य गरिएको छ र उम्मेदवारका प्रस्तावक र समर्थकको नाम प्रतिनिधि नामावलीमा समावेश हुनुपर्नेछ ।

उम्मेदवारीका लागि आवश्यक कागजातहरूः
निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि निम्न कागजातहरू अनिवार्य गरेको छ
१. भरिएको उम्मेदवारी मनोनयन पत्र फाराम ।
२. उम्मेदवारी शुल्क बुझाएको नगदी रसिद वा बैंक भौचर ।
३. आफूलाई कुनै अनुशासन कारबाही नपरेको स्वघोषणापत्र ।
४. पार्टी सदस्यता प्रमाणपत्रको प्रतिलिपि ।
५. २ प्रति पासपोर्ट साइजको फोटो ।

प्रकाशित :२०८३ असार ६, शनिबार २१:४०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]