राष्ट्रपतिबाट दुवै सदनको बैठक आह्वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेकी छन् । आइतबार राष्ट्रपति भण्डारीले शुक्रबार दिउँसो ४ बजे बस्ने गरी बैठक आह्वान गरेकी हुन् ।
Advertisement 1
राष्ट्रपति कार्यालयका सहप्रवक्ता केशवप्रसाद घिमिरेले बैठक आह्वान भएको जानकारी दिए । सरकारको सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन आह्वान गर्ने गरिन्छ । आइतबारै मन्त्रिपरिषद् बैठकले संसदको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
प्रकाशित :२०७७ बैशाख २१, आईतवार १६:४३
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%