चिनियाँ राष्ट्रपतिको चेतावनीः मुस्किल समय आउन सक्छ

Chinese President Xi Jinping speaks during a joint press briefing with French President Emmanuel Macron, not shown, at the Great Hall of the People in Beijing, China January 9, 2018. REUTERS/Mark Schiefelbei/Pool - RC17B5768830

एजेन्सी, भदौ ११— चिनियाँ राष्ट्रपति सि चिनफिङले संसारको दोस्रो सबैभन्दा ठूलो अर्थव्यवस्था मुश्किलसहितको परिवर्तनसँग गुज्रिरहेको र यसले बाहिरी बजारमा जोखिम बढाइरहेको बताएका छन्।

Advertisement 1

उनले नीति निर्माताको वृद्धि दर बढाइरहनका लागि घरेलु मागमा आफ्नो विश्वास बढाउनुपर्ने बताएका छन्। सोमबार सि चिनफिङको अध्यक्षतामा आयोजना भएको एक सेमिनारले उनले सो कुरा बताएका हुन्।

यो सेमिनारमा नीति सल्लाहकार र सरकारका अर्थशास्त्रीहरुको पनि सहभागिता थियो। यसमा दीर्घकालीन आर्थिक प्रवृत्तिमा १४ औं पञ्चवर्षीय योजनाको चर्चा भयो।

Advertisement 2

अर्को वर्ष वार्षिक संसदीय बैठकमा पञ्च वर्षीय आर्थिक योजनाको यो ब्लूप्रिन्ट पेश गर्ने अनुमान गरिएको छ।

सि चिनफिङले समस्याले भरिएको यो परिवर्तनका लागि तयार रहनका लागि सल्लाह दिँदै कोरोनाभाइरसका कारण संसारमा संरक्षणवादले प्रोत्साहन पाइरहेको र यसले अर्थ व्यवस्थालाई नराम्रोसँग प्रभावित पारेर आपूर्ति चेन टुटाएको बताएका छन्।

Advertisement 3

चीनको सरकारी समाचार एजेन्सी शिन्ह्वाले सि चिनफिङलाई उद्धृत गर्दै लेखेको छ, ‘अबको समयमा हामीले धेरैभन्दा धेरै विपरित परिस्थितिको सामना गर्नुपर्ने हुन्छ र हामीले नयाँ जोखिम र चुनौतीको सामना गर्नका लागि तयार रहनुपर्छ।’

उनले अमेरिका र चीनबीच बढ्दो तनावको कुरा नगरिकनै चीन अमेरिकासँग मतभेद सुल्झाउनका लागि इच्छुक भएको इशारा गरेका छन्।

उनले भने, ‘हामीले सबै देशसँग सक्रिय रुपमा सहयोग गर्नुपर्छ जसले हामीलाई सहयोग गर्न तयार हुन्छन्। संयुक्त राज्य अमेरिकाका राज्य र उद्यमीसँग पनि।’

संयुक्त राज्य अमेरिका र चीनबीच पछिल्लो दुई वर्षदेखि तनावपूर्ण सम्बन्ध छ। यी दुई महाशक्तिबीच तनावपूर्ण सम्बन्धको असर अन्य देशमा पनि परेको छ।

अमेरिकाले हङ्गकङमा सुरक्षा कारवाहीसँग जोडिएका सुरक्षा कम्पनी र व्यक्तिमाथि प्रतिबन्ध लगाइदिएको छ।

यसबाहेक अमेरिकाले चिनियाँ भिडियो एप टिकटकमाथि पनि प्रतिबन्ध लगाएको छ।

अमेरिकाले ह्यूस्टनमा हालै चीनको वाणिज्य दूतावास पनि बन्द गरेको छ।

सि चिनफिङले आफ्नो सम्बोधनमा प्रविधिको नयाँ प्रारुपमा जोड दिनुपर्ने बेला आएको पनि बताएका छन्।

उनले चीनले प्राविधिक क्षेत्रमा चाँडोभन्दा चाँडो सफलता हासिल गर्नुपर्ने बताए। (बीबीसी हिन्दीबाट)

प्रकाशित :२०७७ भाद्र ११, बिहीबार १०:३०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]