रातो मच्छिन्द्रनाथको भोटो देखाइयो

६ असार, ललितपुर — ललितपुरको जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा आज मनाइएको छ ।
Advertisement 1
वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथयात्राको समापनका अवसरमा आयोजना गरिने भोटो जात्रामा परम्पराअनुसार बहुमूल्य भोटो सर्वसाधारणलाई प्रदर्शन गरिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री बालेन्द्र शाह, उच्च सरकारी अधिकारी, कूटनीतिक नियोगका प्रतिनिधि र हजारौं श्रद्धालु भक्तजनहरूको उपस्थितिमा जात्रा सम्पन्न भएको हो । भोटो प्रदर्शनसँगै रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन भएको मानिन्छ ।



