हाम्रो गाडीको ब्रेक गन्तव्यमा पुगेपछि मात्रै लाग्छः प्रधानमन्त्री बालेन

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा बोल्दै प्रधानमन्त्री बालेन शाह |
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा बोल्दै प्रधानमन्त्री बालेन शाह |

असार ७ , काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा बोल्दै प्रधानमन्त्री बालेन शाहले आफू नेतृत्वको सरकारको ब्रेक गन्तव्यमा पुगेपछि मात्रै रोकिने बताएका छन् ।

Advertisement 1

चितवनको भतरपुरमा आजदेखि सुरु भएको रास्वपाको प्रथम महाधिवेशनको उद्घाटन सत्रमा पार्टीको तर्फबाट शुभकामना मन्तव्य दिने क्रममा नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले सरकारको तुलना गाडीको ब्रेक र एक्सिलेटरसँग तुलना गरेका थिए । तर प्रधानमन्त्री बालेनले एक्सप्रेस गाडि गन्तव्यमा पुगेपछि मात्र ब्रेक लाग्ने बताए । लोकल गाडीमा मात्रै बेला–बेलामा ब्रेकको खाँचो पर्ने बताए ।

उनले भने, ‘सरकार भनेको गाडी जस्तो हो । गाडीमा एक्सिलेटर मात्र होइन, ब्रेक पनि हुन्छ । ब्रेक पनि लगाउनुपर्छ भनेर चिन्ता पनि मान्नु भएको छ । त्यस्तो चिन्ता लोकल रोडहरूमा हिँड्दा हुन्छ । हाम्रो गाडी लोकल रोडहरूमा हिँडेको गाडी होइन । एक्प्रेस वेमा हिँडेको गाडी हो । गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ ।’

प्रकाशित :२०८३ असार ७, आईतवार १८:१४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]