गायक सुमन के.सी. को रहेको ”जीन्दगी यो” सार्वजनिक

गायक सुमन के.सी. को स्वरमा रहेको ”जीन्दगी यो ” बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायक सुमन के.सी. को स्वर, रेणु के.सी. शब्द, राजन खतिवडाको संगीत र फडिन्द्र राईको संगीत संयोजन रहेको छ । गीतमा आफ्नो माँयालुको मायाँ विना जीन्दगी शुन्य हुने र जीन्दगीको परिभाषा नहुने जस्ता शब्दहरुलाई गीतमा भेट्न सकिन्छ ।

Advertisement 1

गीतमा महेश खड्का र रेणु के.सी.को अभिनयलाई देख्न सकिन्छ । अर्जुन तिवारीको टिमले छाँयांकन गरेको भिडियोलाई शान थापाले निर्देशन गरेका हुन । त्यस्तै भिडियोको सम्पादन भने सुप्रिम पराजुलीले गरेका छन ।


गायक के. सी. पछिल्लो पुस्ताले निकै रुचाएका गायक पनि हुन । गीतलाई ”sasman Motion Pictures” युटुब च्यानल मार्फत सार्वजानिक गरिएको हो ।

https://youtu.be/Kp5n5ob7GZw
प्रकाशित :२०७६ कार्तिक २६, मंगलवार २०:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]