प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार संकटमा, विश्वासको मत पाएनन्

प्रधानमन्त्री केपी शर्मा ओली । तस्वीरः hr.parliament.gov.np

काठमडौं, २७ वैशाख— प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि विश्वासको मत प्राप्त गर्न संसदमा पेश गरेको प्रस्तावमाथि विश्वासको मत पाएनन्। उपस्थित प्रतिनिधि सभासदको उपस्थित संख्या २३२ जना रहेको थियो। जसमा पक्षमा ९३ मत मात्र पाएका छन्। विपक्षमा भने १२४ मत र प्रस्तावको मत दिन्न भन्नेमा १५ मत परेको छ।

Advertisement 1

विश्वासको पक्षमा मतदान गर्न पार्टीले ह्वीप जारी गरे पनि एमालेका २८ सांसद अनुपस्थित भएका थिए। एमालेका कुल १२१ जना सांसद थिए ।

एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहका २८ सांसदले पार्टीको ह्वीप उल्लंघन गरेका हुन्। खनाल–नेपाल समूहले आफ्ना पक्षका सांसद मतदानमा अनुपस्थित रहने निर्णय पहिल्यै नै गरेको थियो ।

प्रकाशित :२०७८ बैशाख २७, सोमबार १८:१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]